अत्यधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

आइतवार, फाल्गुन १९, २०७५



दाङ । अत्यधिक रक्तश्रावका कारण दाङमा एक सुत्केरी महिलको अकालमै ज्यान गएको छ । रक्तश्रावका कारण  राजपुुर गाउँपालिका–७ लैबरुवा निवासी १८ वर्षीया शिवा केसीको उपचार अभावमा निधन भएको हो ।

शनिबार बिहान घरमै सुुत्केरी भएकी केसीको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको उनका आफन्तजनले जनाएका छन् । केसीलाई उपचारका लागि घोराहीतर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

अत्याधिक रक्तश्राव भएपछि उनलाई नजिकैको गंगदी हेल्थपोष्टमा लागिएको र त्यहाँ उपचार सम्भव नभएपछि घोराहीतर्फ ल्याउँदै गर्दा ज्यान गएको श्रीमान कमान खत्रीले जानकारी दिए । बच्चाको अबस्था भने सामान्य रहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank