रुखबाट खसेर १२ वर्षीया बालिकाको मत्यु

शुक्रबार, पुस २७, २०७५



डोटी । रुखबाट खसेर पूर्वीचौकी गाउँपालिका – १ खिरसैनमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मी खड्का रहेकी छिन् ।
रुखबाट खसेर गम्भीर घाइते भएकी खड्काको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको जिल्ला अस्पताल डोटीमा उपचार हुन नसकेपछि दिपायलमा रहेको शैलेश्वरी अस्पताल रिफर गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank