भीरबाट लडेर महिलाकाे मृत्यु

बुधबार, मंसिर ५, २०७५



डोटी । घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आर्दश गाउँँपालिका वडा नं ७ दडिमाना नजीकैको पाछाखाली वनको भिरवाट लडेर ४९ वर्षीय काली देबि बिष्टको मृत्यु भएको हो ।

घाँस मंगलबार भिरबाट खसेर करीब एक सय मीटर तल खसेर घाइते भएकी बिष्टलाई उपचारका लागी दिपायल लग्दै गर्दा बाटोमा मृत्यु भएको स्थानिय वीर वहादुर विष्टले जानकारी दिए ।

डोटीका ग्रामीण भेगमा यसरी घासदाउरा काट्दै गर्दा धेरै घटना हुने गरेका छन् । ग्रामिण क्षेत्रका बासिन्दाले समयमा औषधि उपचार नपाउदा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहि आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank