बोको हरामको आक्रमणमा परि १५ जनाको मृत्यु

शुक्रबार, कार्तिक १६, २०७५



नाइजेरिया । इस्लामीवादी विद्रोही संगठन बोको हरामले नाइजेरियाको एउटा गाउँमा आक्रमण गर्दा १५ मानिसले जीवन गुमाउन बाध्य भए ।  पूर्वोत्तर गाउँ मैदुगुरिको इलाकामा बोको हराम र इस्लामी स्टेटका विद्रोहीले उक्त घटना घटाएका थिए ।

सन् २०१५ पछि बोको हरामको शक्ति दिन प्रति दिन घट्दै गएको भए पनि छिटपुट घटना भने घटाउँदै आइरहेको नाइजेरिया सरकारले बताएको छ । मैदुगुरि इलाका र उत्तर नाइजेरियामा बिद्रोही बोको हराम र इस्लामी स्टेटको पकड अझैं बाँकी रहेको जनाइएको छ ।

boko haram

कोफा गाउँमा घटेको घटनालाई लिएर रार्इटर्स संवाददाताले जनाए अनुसार घर भित्र जलाइएको पाँच शरिर फेला परेको छ । पासलोरी गाउँमा एक व्यक्ति शिबिरमा माारिएका छन् भने बुलाव्रिनको दुई निवासीले जनाए अनुसार ९ मानिस मारिएका छन् । नाइजेरिया सरकारी सेनाले केवल एक मृत शरिर फेला पारेको जनाएको छ ।

बोको हरामले हलोरी बजार नष्ट गरिदिएका छन् । जब सैनिक पुग्दै थिए । बिद्रोही घटनास्थललाई अागाे लगाउँदै भागेका थिए ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank