सेति नदिमा पौडी खेल्न गएका एक सशस्त्र प्रहरी वेपत्ता

बिहिबार, कार्तिक १५, २०७५

- दिपक राज जोशी



बझाङ । पोडी खेल्ने क्रममा बझाङको सेति नदिमा एक सशस्त्र प्रहरीका एक जवान वेपत्ता भएका छन् । वेपत्ता हुनेमा सशस्त्र प्रहरी जवान राजेन्द्र बुढा रहेको प्रहरीले जनाएको छ । सशत्र प्रहरी को बेस क्याम्प बझाङ को सदरमुकाममा बसेको एक हप्ता मात्र भएको थियो उक्त बेश क्याममा कार्यरत जवान बुढा नुहाउने क्रममा सेती नदीमा वेपत्ता भएका हुन् ।

प्रहरी नायब उपरिक्षकको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी सदरमुकाम चैनपुरमा कार्यालय सञ्चालन गरिरहेका छन् । कञ्चनपुर जिल्ला झलारी नगरपालिका का स्थायी घर भएका बुढा को खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यो महिनामा मात्रै सेति नदिमा ३ जना डुवेर बेपत्ता भएका थिए ।

80 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank