भीरबाट लडेर जाजरकोटमा दुई जनाको मृत्यु

बिहिबार, अशोज २५, २०७५



जाजरकोट । बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए । स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उहाँको पनि आज बिहान मृत्यु भएको हो ।

87 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank