बन्दीगृहमा हवाई हमला: ४० मारिए, ८० जनाको अवस्था गम्भीर

बुधबार, असार १८, २०७६



एजेन्सी । उत्तर अफ्रिकी मुलुक लिबियामा भएको हवाई हमलामा ४० जना मारिएका छन् ।  आप्रवासीहरूलाई राखिएको एउटा बन्दीगृहमा हवाई हमला हुँदा  कम्तीमा ४० जना मारिएको अधिकारीहरूले बताएका छन्

लिबियाको राजधानी त्रिपोलीस्थित ताजौरामा रहेको एक बन्दीगृहमा आक्रमण हुँदा थप ८० जना सख्त घाइते भएका छन् । मारिनेमध्ये प्रायजसो अफ्रिकी आप्रवासीहरू रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Air raid on Libya migrant camp in Tripoli

आपत्कालिन सेवा सम्बन्धी निकायका एकजना प्रवक्ता ओसामा अलीले समाचार संस्था एएफपीलाई बताए अनुसार प्रत्यक्ष हमला हुँदा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र थिए । साथै उनले  घटनास्थलमा क्षतविक्षत भएका शवहरु ह्यांगरमा झुण्डिएको साथै लुगामा रगत लतपत रहेको चित्रण गर्दै घटनाको बारेमा बताएका हुन्ई ।

पछिल्ला वर्षमा युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानविन्दू बन्ने गरेको छ । लिबियामा लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि मुलुक हिंसा र विभाजनबाट प्रताडित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata