रङ्गीबिरङ्गी ताल अर्थात् ‘चिनियाँ मृत सागर’

सोमवार, असार २३, २०७६



एजेन्सी ।  समुन्द्री सतहबाट ३२४.५ मिटरको उचाईमा रहेको एक ताल, जसलाई ‘चिनियाँ मृत सागर’ नामले चिन्ने गरिन्छ । चीनको उत्तरी प्रान्त शान्सी अवस्थित यस योंगचेंग साल्ट लेक (Yuncheng Salt Lake) ले हरेक दिन आफ्नो रङ फेर्छ । कहिले रातो देखिन्छ, कहिले गुलाबी, कहिले पहेँलो त फेरी कहिले पर्पल ।

१३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस ताल चीनको प्रमुख पर्यटकीयस्थल बनिरहेको छ । तापमान वृद्धि, खनिजन्य पदार्थको न्यून उपस्थिति साथै  जैवीक रासायनिक प्रतिक्रियामा आएको ह्रासका कारण तालले आफ्नो रङ फेरीरहेको डिंग होंगज्या( चिनिया भूगर्भविद) बताउँछिन् ।

Yuncheng Salt Lakeको लागि तस्बिर परिणाम

फेमली आर्टिमिडेई अन्तर्गत पर्ने सामुन्द्रिक जीव ब्राइन श्रीम्प(Brine shrimp)को उपस्थिति बाक्लो रहँदा ताल रातो देखिन्छ । यदि  सुक्ष्म जीवहरुको बाक्लो उपस्थिति रह्यो भने तालको रङ पर्पल देखिन्छ । तालको नुनिलोपनासँग पनि रङ फेरबदल हुने गरेको छ । यदि कम नुनिलोपना छ, भने हरिया एल्गीहरुको घनत्व बढी रहेको हुन्छ भने  बढी नुनिलोपना हुँदा तालको पानी सुन्तला रङ र रातो रङको देखिने  भूगर्भविद  होंगज्याको अनुभव छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata