मदिरा सेवन गरी १४ वर्षीया छोरीलाई पटकपटक करणी गर्ने बाबु पक्राउ

बिहिबार, चैत्र २२, २०७४



लमजुङ ।  छोरीलाई करणी गरेको अभियोगमा लमजुङमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार नगरपालिका ४ दुराडाँडाका ३५ वर्ष युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

१४ वर्षीया छोरीलाई मदिरा सेवन गरी पटकपटक करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी भनाइ छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन । पीडकविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank