नौ महिनापछि रोबर्टको सहायतामा गोक्यो तालमा डुबेकाे शव निकालियो

बिहिबार, जेष्ठ २, २०७६

- प्रकाश बराइली



सोलुखुम्बु ।  नौ  महिना अगाडि सोलुखुम्बुको गोक्यो तालमा डुवेर बेपत्ता भएका बालक शुनिल बराइलीको शव रोबर्टको सहायताबाट निकालिएको छ

नौ महिनासम्मको लामो प्रयाससँगै बिहिबार बालकको शब निकालिएको गोत्ताखोरले जानकारी दिएका छन् । चिसो र हावाको कुनै पर्वाह नगरी निरन्तर खोजी रहेका खोजकर्ताहरुले उनको शव नौ  महिना पछि बिहिबार फेला पारेका हुन ।

अमेरिकाबाट ल्याएको प्रविधि जडान राेबर्डकाे मद्धतबाट  उद्धारकर्ताहरुले शव निकाल्न सफल भएकाे जनाएका छन् ।

करिब ३५ फिट गहिराईमा पुगेर रोबर्टले शब पहिचान गरि फेला पारेकाे थियाे ।लाखौं रुपैयाँ खर्च गरेर शव खोजीकै लागि आएको टोलीले एक जनाको शब भेटेपछि आफूहरुको मिसनमा सफल भएको प्रतिक्रिया दिए । एद्यपि अर्का एक  विद्यार्थीकाे शव फेला परेकाे छैन  ।

गोक्यो हिमतालमा बेपत्ता बालकको पुनः खोजी गर्न लागेको बिषयमा इलाका प्रहरी कार्यालय नाम्चे र प्रहरी चौकी खुम्जुङलाई पहिले नै जानकारी गराए पनि अहिले घटनास्थलमा प्रहरी नआएका कारण शवलाई लग्नको लागी कठिन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हेर्नुहाेस यसरी गरिएकाे थियाे उद्धार

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata