यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक
सोमवार, भदौ २३, २०७६

काठमाडौं । बजारमा दशैंको चहलपहल पनि शुरु भइसकेको छ । यता, यस वर्षको दशैंको टीका र घटस्थापनाको साइत निस्किएको छ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।
नेपाल पञ्चांग निर्णायकसमितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको बताए ।
यद्यपि दशैंको टीकालाई देवी भगवतीको प्रसादको रुपमा लिइने हुँदा दिनभरी पनि टीका लगाउन सकिने गौतम बताउँछन् ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments