दशैं

शनिबार, अशोज २७, २०७५

- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र



मनमा आशाहरू अङ्कुराउदा
बालापनको दशैको  खुबै याद आउछ
लिङ्गे र रोटे पिङ्गमा झुलेर
आमा बाको  दिमाग  चाटेको कुराले
  निकै स्थान पाउछ
————————————
दशैको नाममा
वाल्यकाल सम्झन पिर लाग्छ
एउटा नफर्क्रदै
अर्को गर्भ मै फेरि
तुहिएला भनेर डर लाग्छ
सपनाको  पनि आशा होइन
निरासा साटिएको  हो कि ! डर लाग्छ
हतारिएर
शुभकामना भन्न पनि अत्यास लाग्छ

———————————-
दशै,
यहाँ त नियमको  लगाम छैन
ठुलाहरूको  बोलीको  ठेगान हुन्न
बजारमा समानको  मोलतोल गर्न मिल्दैन
गरिवको  घरको दाल र चामलको
आवश्यकताको
खोइ ?  कसैलाई ख्यालै हुन्न
त्यसैले त
शुभकामनाको त्यति विघ्न महत्त्व रहन्

————————————
दशै,
दुनियाँ अहिले साँगुरिएको छ
प्रविधिले सबैलाई बाधी दिएको छ
सबै चाडपर्वहरू सबैकालागि नै साटिएको छ
न्याय, सत्य र निष्ठा बेचिएको बेला
परिवर्तनको नाम बेचेर
अग्रगमनको सोच मेटाउन खोज्नेहरू चिनेर
म र तपाईंको पनि मनोविज्ञानमा
सु दृष्टि पलाओस ,शुभकामना

————————————
दशै,
पुनः मन निचोरे रै भए पनि मनाउन पर्ने
लुटेर,कुटेर,मानिसको दिमाग भुटेर
भए पनि जुटाउनै पर्ने
हुनेले खान,लाउन र मिल्काउन पुर्याउने
नहुनेले मागेर भए पनि देखाउन मनाउनै पर्ने
दशै दसा हो कि नसा बुझ्न नसक्ने
हतची कस्ता रहेछौ ?भन्न मनलाग्छ ।
तरै पनि
दशै सबैले मनाउने,चडाउने र पुर्याउने
बन्न सकोस् भन्दै
सबैलाई पुन : शुभकामना !
———————————–
मानव मस्तिष्कले सत्य र असत्य बुझेर
सामाजिक न्यायको निम्ति अघि बढोस्
हरेकको मन सङ्लिएर परिवारभित्र,
सुख,शान्ति र  सम्वृद्दि  भित्र्याओस

————————————-
राजनीति सुधारिएर
विकास र निकासका ढोका खुलुन
मपाँइत्व, हडप्याई ,घात र अन्तरघातका
श्रृङखला सबैको मस्तिष्कबाटै हटुन

—————————————
देशैबाट
लुट,फुट,भ्रष्टाचार र बलात्कार हटोस्
पछौटे चिन्तनका शब्द बडाइ घटुन
निहत्था र कम्जोरको बोली विकोस्
अमानवीय चरित्र घटेर भाइचारा बढोस्

————————————–
परिवारभित्र
घर,परिवार र नाता सम्बन्ध भित्र
सबै सदस्य मैत्री वातावरण बनोस्
धन,जन र समाजमा इज्जत बढोस्
ख्याति र विज्ञतामा विश्वले चिनोस्

 

273 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank