दैनिक एक लाख सर्वसाधरण शहर छाड्दै

बिहिबार, अशोज २५, २०७५



काठमाडौं ।  काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै बुधवार साँझसम्म करीव ११ लाखले उपत्यका छाडिसकेका छन् । बाहिरने संख्या हरेक दिन बढीरहेको छ।   दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलबार एक लाख १७ हजार सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन् । बुधबारदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालले बताए ।

दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ । धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् । यातायात व्यवसायीका अनुसार हालसम्म करिब एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दसैँका गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ । विगतको तुलनामा धेरै गुनासो नआएको प्रहरीले जनाएको छ ।

200 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank