सस्तो खसी चाहिन्छ अहिले नै जानुहोस्

शुक्रबार, अशोज २६, २०७५



काठमाडौं । सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्राको बिक्री वितरण सुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्यांग्राको बिक्री वितरण गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । उनका अनुसार बिहीबार साँझसम्म १८० खसी बोका तथा ४०० च्यांग्रा काठमाडौं ल्याइसकिएको छ ।

सरकारले दसैँलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने उनले बताए । दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताए ।  दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करिब ५१० खसी बोका मात्र खरिद गरिएको छ,’ उनले भने । दसैँका वेला खसीबोका तथा च्यांग्राको कारोबार उच्च हुनेगर्छ । व्यापारीले चर्को मूल्य लिएर खसीबोका तथा च्यांग्रा बिक्री गर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । खसीको प्रतिकेजी ४६५, बोकाको प्रतिकेजी ४६० र च्यांग्राको प्रतिकेजी ६८५ रुपैयाँ मूल्य तोकिएको छ । यसमा १० प्रतिशत छुट पाइन्छ ।

288 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank