दरबार हत्याकाण्ड: १८ वर्ष पूरा, अनुसन्धान अझै गुपचुप

आइतवार, जेष्ठ १९, २०७६



काठमाडौं । आज जेठ १९ गते । दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा रातको सवा नौ बजे अकस्मात गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो ।  २०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चलेपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायतको हत्या भएको थियो ।

त्यसबेला सरकारले बनाएको छानिबन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि जनता भने आजसम्म पनि विश्वस्त हुन सकेका छैनन् । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने विवरण सार्वजनिक हुन सकेको छैन ।

राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्यो घटना हुनुमा पर्दाअगाडि र पछाडि ककस्को भूमिका थियो ? कस्को उक्साहटमा तत्कालीन युवराज दीपेन्द्र आफ्नै परिवारमाथि गोली प्रहार गर्ने निचोडमा पुगे ? दीपेन्द्रले आत्महत्या गरेकै हुन् त ? दीपेन्द्रको मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो ? फायरिङ चल्दा त्यहाँ उपस्थित अङ्गरक्षक सैनिकहरूले नियन्त्रणको प्रयास किन गरेनन् ? लगायतका जिज्ञाशा अझै ज्यूँका त्यूँ छन् ।  पूर्वप्रधानमन्त्रीहरूले हत्याकाण्डको रहस्यका बारेमा पुनः अनुसन्धान गर्ने घोषणा गरेका  भए पनि अनुसन्धानको फाइल खोल्ने प्रयास कसैबाट हुनसकेको छैन ।
घटना छानबिन गर्न गठित समितिको निचोडप्रति इतिहासका प्राध्यापक पनि विश्वस्त हुन सकेका छैनन् ।  त्यसैले उनीहरूले यस घटनालाई ‘रहस्यमय’ विश्लेषण र अध्यापन गर्दै आएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata