खोतल्न सक्लान प्रचण्डले दरबार हत्याकाण्डको रहस्य ?

बिहिबार, पुस ७, २०७३

- भगवान खड्का



‘दरबारहत्या काण्डका विषयमा नयाँ ढंगले छानविन हुन्छ छिट्टै मन्त्रिपरिषदमा प्रस्ताव पेश हुनेछ ।’ गणतन्त्रको पहिलो प्रधानमन्त्री बनेको करिव दुुई महिनामा पुुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएका थिए । अहिले तीनै प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री छन् । संयोग नै मान्नुपर्छ बिहीबार प्रचण्डकै क्याविनेटमा दरबार हत्याकाण्डका विषयमा छानविन गर्नुपर्ने मौखिक प्रस्ताव पेश भएको छ ।

प्रस्ताव गृहमन्त्री विमलेन्द्र नीधिका तर्फबाट गएको एक मन्त्रीको दावी छ । के यो सरकारले दरबार हत्याकाण्डका विषयमा छानविन गर्न सक्ला त ? पूर्व राजा ज्ञानेन्द्रले राजनीतिक रुपमा दिएको अभिव्यक्तिको दोस्रो दिन उठेको यो प्रसँग उनीप्रतिको आवेगका रुपमा आएको होइन भने सम्भव छ । कसरी ?

यसरी सकिन्छ हत्याकाण्ड बाहिर ल्याउन

दरबार हत्याकाण्ड कसले घटायो ? आधिकारीक रु कानुनी रुपमा रहस्यमै छ । बाहिर रुपमा त्यसको योजनाकारका रुपमा पूर्व राजा ज्ञोन्द्रलाई लिने गरिन्छ । हत्याकाण्डका बेला कसैले औला समेत उठाउन नसक्ने ठाउँमा रहेका ज्ञानेन्द्र अहिले नागकिर भइसकेका छन् । नागरिकका रुपमा खोजी गर्ने अधिकारी सरकारले प्रहरीलाई दिने हो भने त्यसको अनससन्धान सुरु हुन्छ । एकजना प्रहरी अधिकारीका भन्छन् ‘धेरै साक्षी प्रमाणका आधार घटना पत्ता लगाउन नसकिने भन्ने होइन । तर सरकारले प्रहरीको अपराध अनुसन्धान ब्युरोलाई पूर्ण अख्तियारी दिनुुपर्छ ।’

घटनास्थलको अवशेष मेटाएपनि घटनास्थलका तस्बिर, नक्सा र घटनापछि फेला परेका सरसामग्रीहरू अहिले पनि सुरक्षित छन् । दरबार हत्याकाण्डका मृतकहरुको मेडिकल रिपोर्ट अहिले पनि सैनिक अस्प्ताल छाउनीमा सुरक्षित छन् । मृत्युका मध्ये कसैको पनि पोस्टमार्टम नगरिएकाले त्यहीबाट अनसुसन्धान सुरु गर्न सकिन्छ ।

घटनाका विषमया यसअघि प्रतिवेदन मात्रै तयार भएकाले त्यही प्रतिवेदन पनि छानविनको अर्को आधार बन्न सक्छ । त्यतिबेला बयान दिएकाहरुले साच्चिकै अहिले जे बयान दिन सक्छन् त्यस्तै दिएका थिए होलान ? राजनीतिक परिस्थित, उनीहरुको मनोदशाले बयान सही नआएकोको हुन सक्छ ।

सबैभन्दा ठूलो प्रमाणका रुपमा साक्षीहरू जीवित रहेकाले दरबार हत्याकाण्डका विषयमा सत्य तथ्य पत्ता लगाउन सकिन्छ । ‘दरबार हत्याकाण्डका विषयमा सत्य पत्ता लगाउनुकुनै ठूलो समस्या होइन, सरकारले आट गर्छ की गर्दैन त्यो मुख्य समस्या हो’ एक प्रहरकिा उच्च अधिकारीको भनाई छ ।

विश्वासिलो अनुसन्धान

निकै जटिल मानिएका आपराधिक घटनाहरूको सफल अनुसन्धान नेपाल प्रहरीले नै गरिसकेका कारण पनि दरबार हत्याकाण्डको रहस्यको गाँठो फुकाउन असम्भव भने छैन ।  अनुसन्धानका लागि पर्याप्त आधार र प्रमाणहरू रहकाले नेपाल सरकारले चाहेमा हत्याकाण्डको रहस्य, पात्र सबै पत्ता लगाउन सकिने प्रहरीका अधिकारीले अनौपचारीक छलफलमा बताउने गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments