डिएपी मलको माग बढ्दो

मङ्लबार, साउन १५, २०७५



लाहान ।
जिल्लाको कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी मलको आपूर्ति घट्दै गएको छ ।

अन्य रासायनिक मलको तुलनामा डिएपी मलको माग बढेपनि आपूर्ति घटदै गएकाले अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो ।

गत आर्थिक वर्ष ०७३÷७४ मा चार हजार ७६६ मेट्रिक टन अर्थात ९५ हजार ३२० बोरा डिएपी मल आपूर्ति भएकामा आर्थिक वर्ष ०७४÷७५ मा त्यसको आधा दुई हजार ९८८ अर्थात ५९ हजार ७६० बोरा मात्र डिएपी मल आपूर्ति भएको जनाइएको छ ।

साउन महिनामा मात्र ३० हजार बोरा डिएपी मल खपत हुनेमा अहिले दुई हजार ५०० बोरा मात्र आपूर्ति भएकोले डिएपी मलको चरम अभाव भएको उक्त कम्पनीका जिल्ला प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिए ।

डिएपी मलको माग आपूर्तिका लागि केन्द्रमा पटक÷पटक पत्राचार गरे पनि हालसम्म प्राप्त नभएको मल आउने बितिकै वितरण थालिने उनको भनाइ थियो ।

सिराहामा यसवर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ६५ प्रतिशत जग्गामा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank