अमेरिकाबाट किन फर्कीनन् उपमेयर दन्ता नेपाली ?

बिहिबार, माघ ९, २०७६



काठमाडौं । कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) गोष्ठीका लागि अमेरिका पुगेकी थिइन्  ।  तर नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी दर्शनाले लगभग ४ महिनादेखि नेपाल फर्किएकी छैनन् ।

उनी गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । उनले नगरपालिका महासंघको केन्द्रीय सदस्यसमेत भएकोले अमेरिकाको गोष्ठीमा जाने अवसर पाएकी थिइन् ।

अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै रहेकी दर्शना पछिल्लो एक महिना यतादेखि मेयर शाहीसँग पनि सम्पर्कविहीन रहेकी छिन्  ।

मेयर शाही र उपमेयर दर्शनाबीच भएको म्यासेन्जर कलामा उनले आफू बिरामी  भएकाले फर्किन ढिला भएको बताएकी थिइन् ।‘कात्तिकको पहिलो सातातिर जानुभएको हो । शुरुमा सम्पर्कमै हुनुहुन्थ्यो । पुसयता सम्पर्क भएको छैन, ’ मेयर शाहीले बताए ।

पछिल्लो समय उपमेयर दर्शनाको फेसबुक एकाउन्ट समेत निष्क्रिय रहेको छ भने उनीसँग कुनै पनि माध्यमबाट सम्पर्क स्थापना हुन् नसकेको बताइएको छ  । मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको फेसबुक एकाउन्ट अहिले निष्क्रिय छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments