वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतलाई डेंगूको सक्रमण

सोमवार, भदौ २३, २०७६



काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई डेंगुकाे संक्रमण देखा परेका छ । उनको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

डा.रुइत दिनदेखि अस्पतालमा उपचारार्थ रहेका छन् ।डा. रुइतसँगै उनका परिवारका अन्य २ जनालाई समेत डेंगुको संक्रमण देखिएको जनाइएको छ ।

नेपालमा तीन महिनाअघि देखि देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ। देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने करिब ४ हजार बढी मानिस संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

एक साता अघि मात्रै कृषिमन्त्री चक्रपाणी खनाललाई समेत डेंगूको सक्रमण भएकाे थियाे  । उनकाे ग्रान्डि अस्पतालमा  उपचार भइरहेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata