दाङमा सरकारी गाडी तोडफोड

आइतवार, असार १७, २०७५



दाङ ।

मूल्य वृद्धि फिर्तालगायत माग राख्दै आन्दोलनरत नेपाल विधार्थी संघ समर्थित विद्यार्थीहरुले तुलसीपुरमा आईतबार तीनवटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार विद्यार्थीहरुले अदुवा अनुसन्धान केन्द्र सल्यानको बा२झ ३०७०, जिल्ला प्राविधिक कार्यालय रुकुमको बा१झ ८४२२ तथा आन्तरिक राजश्व कार्यालय तुलसीपुरको मोटरसाइकल तोडफोड गरेका हुन ।

गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दंगिशरण गाउँपालिका–७ का प्रकाश चौधरीलाई पक्राउ गरेको छ । नेवि संघले केन्द्रीय कार्यक्रम अनुसार आइतबार जिल्लामा सरकारी कार्यालयका गाडी सञ्चालनमा रोक लगाएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments