दाङका   ३० वडा सचिवविहीन

शनिबार, बैशाख २९, २०७५



दाङ ।
दाङका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ ।

जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन अवस्थामा रहेका छन् । कतिपय स्थानमा एकजना सचिवले दुईवटा वडा हेर्दै आएका छन् । जसले गर्दा स्थानीयवासीले सहजरुपमा वडाबाट सेवा पाउन सकेका छैनन् ।

वडावासीले सम्बन्धित वडाबाट हुने कामका लागि सचिव पर्खन पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । एकजना सचिव भेटाउन करीब साता दिन धाउनुपर्ने र कामका लागि महिना दिनसम्म पनि लाग्ने गरेको स्थानयिवासीले गुनासो गरेका छन् । यसले उनीहरुलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको महसुस भएको छ ।
स्थानीय तहमा कर्मचारीको अभावका कारण काम प्रभाववकारी हुन सकेको छैन । जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिए पनि जिल्लाका अधिकांश स्थानीय तहमा समस्या देखिएको जिल्ला समन्वय अधिकारी कृष्ण गौतमले बताए ।

“जिल्लामा आएका कर्मचारीलाई स्थानीय तहको आवश्यकतानुसार व्यवस्थापन गर्ने गरेका छौँ,” गौतमले भने “तर जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्मस्या देखिएको छ ।
घोराही र तुलसीपुर उपमहानगरपालिका बाहेक जिल्लामा सबै स्थानीय तहमा कर्मचारी अभाव देखिएकोसमेत उनले बताए।

“जिल्लामा करीब ३० देखि ४० जनासम्म वडा सचिवको आवश्यकता देखिएको छ, त्यत्तिकै मात्रमा अन्य कर्मचारीको समेत अभाव छ,” जिल्ला समन्वय अधिकारी गौतमले भने – जिल्लामा कर्मचारी छैनन्, मन्त्रालयले कर्मचारी पठाउँदैन ।”

जिल्लाका बंगलाचुली, राजपुर, गढवा, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिका लगायतका स्थानीय तहमा कर्मचारीको अभाव रहेको बताइन्छ ।

देउखुरी राजपुर गाउँपालिकाका वडा नंं १, २ र ३ को काम एकै सचिव मेघसिंङ पछाइले हेर्दै आएका छन । साबिक बेला गाविस अन्तर्गत रहेका तीन वडाको सम्पूर्ण काम आफूले विगत असार महिनादेखि हेर्दै आएको सचिव पछाइ बताउछन।

राजपुर गाउँपालिकामा ८ वडा रहेका छन्, जसमा अहिले दुई जना मात्र सचिव रहेका छन् । वडा सचिव नभएका वडामा लेखापाल तथा प्रविधिकले वडाको काम गर्ने गरेको गाउँपालिकाका अध्यक्ष लोकराज केसी बताउछन् ।

त्यस्तै, गढवा गाउँपालिकामा पनि आठ वडामध्ये अहिले दुईमा मात्र सचिव रहेका छन् । बाँकी छ वडामा लेखापाल तथा प्रविधिज्ञले सचिवको काम गर्ने गरेका छन् ।

45 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank