प्रादेशिक आयुर्वेद चिकित्सालयमा आगलागी

आइतवार, अशोज २६, २०७६



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्म कोठा (बिरामीलाई सेक्ने कोठा) मा आगलागी भएको छ ।

ग्यास सिलिण्डरमा आगलागी भई कोठामा आगो सल्किएपछि एक लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको अस्पताल स्रोतले जनाएको छ । कोठामा रहेको दुई ओटा दराजमा क्षति पुगेको बताइएको  छ ।

हिओ(शनिबार) राति भएको आगलागी दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata