दाङमा एक जनाको मृत्यु, दुई घाइते

सोमवार, बैशाख ९, २०७६



बुटवल । दाङको लमही नगरपालिका–७ घ्रुस्री स्थित पुर्व पश्चिम राजमार्गमा  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते  भएका छन् ।

गएराती साढे १० बजेको समयमा पुर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ९१६७ नम्वरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नम्वरको मोटरसाईकल एकापसमा ठोक्किँदा २० बर्षिय लालु चौधरीको मृत्यु भएको हो ।

उनको  गएराती १ बजेर २५ मिनेट जाँदा  लमही  अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङ्गका सुचना अधिकृत डिएसपी विनोद  विक्रम शाहले जानकारी दिए ।

सोही मोटर साईकलको पछाडी बसेर सवार लमही–३ मजागाउँका अन्दाजी १३ बर्षिय प्रकाश घर्ती मगर र १६ बर्षिय आशिष धौधरी गम्भीर घाईते भई थप उपचारका लागि कोहलपुर पठाईएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata