दाङ लमहीमा ‘प्रभु’को राज्य !

मङ्लबार, बैशाख २५, २०७५

दाङ, । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य !’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य ।

बाइबल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो । यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलमा उल्लेख छ ।

छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे । विरोधपछि बोर्ड हटाइएको छ । प्रभु राज्यका शासकहरु कहाँ बस्दारहेछन् त ? यो घरदेखि झन्डै पाँच सय मिटर पूर्वमा रहेको अत्याधुनिक घर शासकहरुको निवास रहेछ । रातो रङको तीनतले घरमा पुग्दा एक विदेशी युवक(प्रभु राज्यमध्येका एक शासक) गेटबाहिर निस्किए । आफूलाई जापानी नागरिक भनेर परिचय दिएका उनी नेपाली भाषा अस्पष्ट बोल्दा रहेछन् ।

पत्रकारको परिचय थाहा पाउनासाथ गोरो बर्णको उनको अनुहार एकाएक परिवर्तन भयो । आफू निकै ब्यस्त रहेको भन्दै उनले गेटभित्र छिर्न हतार गरे ।

संगीत अभ्यासका लागि जापानबाट लमही आएको बताएका ती युवकको दिनहुँको गतिविधि नजिकैको पसलेले देखिरहन्छन् ।को हुन उनी ? पसल संचालिकाले भनिन, ‘क्रिश्चियन धर्म प्रचारमा आएका रे, दिनहुँ धर्मको प्रचार बाँडेर गाउँगाउँ हिड्छन ।’

यो घर विगत २ वर्षदेखि प्रभुका शासकहरूको आश्रय स्थल बनेको रहेछ । बेलाबेलामा यो घरमा विदेशी नागरिकहरू फेरिइरहन्छन् । ‘कहिले को कहिले को, नयाँ नयाँ अनुहारका विदेशीहरू आइरहन्छन्,’ ती सञ्चालिकाले भनिन्, ‘कोही कोरियाका हौँ भन्छन्, कसैले जापनीज भन्छन् ।’

प्रभुको राज्य र प्रभुका विदेशी शासकहरूको बडेमानको थलो पहिल्याएपछि प्रभुको शासनबारे खोजतलासको पछि लागियो । बग्रेल्ती अमानवीय घटनाहरूले यो पुष्टि ग¥यो कि ‘प्रभुको शासन’ देउखुरीमा बलजफ्ती ढंगबाट चलिरहेको रहेछ ।’ –नागरिक दैनिकबाट

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank