दाङमा एक व्यक्ति मृत फेला

शुक्रबार, अशोज १३, २०७४



दाङ । दाङको रामपुरमा आज एक व्यक्ति मृत फेला परेका छन् ।

अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत फेला परेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको हुनसक्ने भन्दै बिहीबार राति खत्रीसँगै मदिरा सेवन गरेका एकजनालाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata