संक्रमणकालिन न्यायको सुनिश्चिताको माग गर्दै द्वन्दपीडितद्वारा प्रदर्शन

सोमवार, बैशाख १६, २०७६



काठमाडौं । दश वर्षै तत्कालिन नेकपा माओवादी र सरकारबाट पीडित परिवार र अधिकारीकर्मीहरुले संक्रमणकालिन न्यायको सुनिश्चताको माग गर्दै प्रदर्शन गरेका छन् ।

सोमबार पीडित परिवार र अधिकारर्मीहरु माइतीघर मण्डलामा भेला हुँदै न्यायको माग गरेका हुन् । उनीहरुले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐन संशोधन नगरी ती आयोगमा पदाधिकारी नियुक्त गर्न खोजेको भन्दै सरकारको विरोध गरे ।

माओवादी युद्धका क्रममा राज्य र विद्रोही पक्षबाट पीडित भएकाको संस्था द्वन्द्वपीडित साझा चौतारीले संक्रमणकालीन न्यायका सम्पूर्ण प्रक्रियामा पीडितलाई पनि सहभागी गराउन माग माग गर्दै प्रर्दशन गरेका हुन् । संक्रमणकालिन न्यायको सुनिश्चिता गर, सर्वाेच्व अदालतको पालना गर ।

ऐन संशोधन पछि मात्रै आयोग गठन ग र जस्ता नारा लगाउँदै उनीहरुले सरकारको कामको विरोध जनाए । दन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले भने, “सर्वोच्चको आदेशअनुसार ऐन संशोधनपछि मात्र आयोग गठन हुनुपर्छ भन्ने हाम्रो माग हो ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank