पेन्टागन प्रवक्ताले दिइन राजीनामा, चार्ल्स ई समर्स प्रमुख बन्दै

बिहिबार, पुस १९, २०७५



न्यूयोर्क । पेन्टागनको शिर्ष प्रवक्ताले राजीनामा दिएकी छिन् । प्रवक्ता माथी दुव्यवहारको आरोपमा अनुसन्धान भइरहेको थियो ।

प्रवक्ता डाना डब्लु ह्वाइटले आफ्नो राजीनामा घोषणा रक्षा मन्त्री जेम्स म्याटिस द्वारा विभागको कर्मचारीसँग आफ्नो विदाई सन्देश दिएसँगै आएको छ । डानाले ट्वीटमा लेख्दै भनेकी छिन्, म मन्त्री म्याटिस,हाम्रा सेवा सदस्य र सबै नागरिक जसले मेरो कामको समर्थन गरे । उनीहरुलाई सेवाको लागि यस प्रशासनमा काम गर्न दिएकोमा धन्यबाद दिन्छु । यो मेरो लागि सम्मान र सौभाग्यको कुरा हो । सुरक्षित रहनुहोस र भगवान तपाईको राम्रो गर्ने छन् ।

द वासिंगटन पोष्टको रिपोर्ट मुताविक रक्षा विभागको एक प्रवक्ताले समेत राजीनामा दिएका छन् । पेन्टागनले जनाए अनुसार, चार्ल्स ई समर्सले डानाको स्थान लिने छन् ।

उनी रक्षा मन्त्रीको कार्यबाहक सहायक हुने छन् । चार्ल्स समर्स अमेरिकी नौ सेनाको क्यापटेन पदमा कार्यरत छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata