पार्टीको उच्च पदसमेत पारिबाट ?

loading...

बुधबार, पुस २७, २०७३

प्रधानमन्त्री, प्रहरी प्रमुख, मुख्य सचिवजस्ता महŒवपूर्ण कार्यकारी पदको कुरै छाडौं, यी त राजकीय संयन्त्रका कुरा भए तर अमुक पार्टीको, कुन नेतालाई कस्तो दर्जा दिने, कुन जिम्मेवारीमा राख्ने भन्ने कुरामा समेत दक्षिणले माइक्रो म्यानेज्मेन्ट गर्दो रहेछ । देशकै ठूलो पार्टी नेपाली कांग्रेसको कथा हो यो । कोइराला परिवारबाट पार्टीको बागडोर हत्याउन के–के खेल भए दुनियाँलाई थाहै छ । को–कोसँग, के–के बाचा कसम गरिएको थियो, त्यो पनि समयक्रममा खुल्दैछ । तर शेरबहादुर देउवाले उतिबेला गरिएका कतिपय बाचा पूरा गर्न नसक्नुको दोषचाहिँ भारतीय खुफिया एजेन्सी ‘र’का निवर्तमान  प्रमुख राजेन्दर खानलाई लगाउन थालिएको छ । ‘यतिका महिना बितिसक्यो, मलाई किन अहिलेसम्म उपसभापति नबनाएको ?’ खुमबहादुर खड्काले ¥याख¥याख्ती पारेपछि देउवाले चाहिँ यसरी मजबुरी प्रकट गरेका छन्, ‘मैले तिम्लाई बनाउन नसक्ने भएँ ।

विमल (गृहमन्त्री विमलेन्द्र निधि) लाई नै त्यो पद दिन पारिले कचकच गरेको छ ।’ उनको स्पष्टीकरण थियो, ‘पारिलाई चिढ्याएर तिमीलाई उपसभापति दिन सक्दिन ।’ यस्तो जवाफ सुनेर चित्त दुखाएका खड्कालाई देउवाले नै क्षतिपूर्तिस्वरुप अर्का खड्का अर्थात् पूर्णबहादुरलाई महामन्त्री मनोनीत गर्ने वचन दिएका थिए । उनको प्रष्टै आश्वासन थियो, ‘बरु तिमीले भनेकै पूर्णलाई महामन्त्री बनाइदिन्छु नि, हुन्न ?’ पटक–पटक धोका पाएका खुमबहादुरले यो आश्वासनलाई पनि पत्याइहाल्ने सम्भावना थिएन ।

यसर्थ साक्षी राख्न तत्कालै बूढानीलकण्ठमा वनमन्त्री शंकर भण्डारी र अर्घाखाँचीकी सभासद पुष्पा भुषाललाई समेत बोलाइयो । कात्तिक २५ गतेको कुरा हो यो । त्यहाँ जुटेको सहमतिअनुसार तरुण दलको महाधिवेशन सकिनासाथ १५ दिनभित्र पूर्णलाई पार्टी महामन्त्री तथा खुमबहादुर र पुष्पालाई पार्टीको संसदीय बोर्डमा राख्ने कुरा थियो । त्यसयता थप डेढ महिना बितिसक्यो तर तोलाको वचन खोलामा छ । एउटा खड्काले त धोका पाएकै थिए, अर्का खड्कासमेत कार्यान्वयन नहुने मीठो आश्वासनको शिकार भएका छन् । यसबारे बुझ्न खोज्दा पूर्णबहादुर भन्छन्– ‘उहिले अर्कै सन्दर्भमा भएका गफगाफ हुन् ती । अहिले त्यसको प्रयोजन सकियो ।’ –

211 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom