हतियार सहित लुटपाट गर्न आएका ८ भारतीय डाका पक्राउ

बिहिबार, जेष्ठ ९, २०७६



जनकपुर । हतियार सहित जनकपुर उपमहानगरपालिका ८ स्थित बिहार कुण्डमन्दिरमा लुटपाट गर्न  आएका ८ जना भारतीय डाँका पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा विहार समस्तीपुर जिल्ला सिमरी ८ बस्ने २० वर्षका साहिल रजक, वडा नं। ३ बस्ने वर्ष २४ का अजित कुमार सिंह, भगवानपुर चकसीव वडा नं ४ बस्ने २८ वर्षका सुजित कुमार राय, महोदीनगर वडा नं ६ बस्ने ३० वर्षका अमिकुमार सिंह र त्यसै वडामा बस्ने २० वर्षका अमितकुमार यादव छन् ।

यस्तै मधुवनी जिल्ला सहारघाट ५ बस्ने ३२ वर्षका रंजितकुमार भगत र वडा नंं ८ बस्ने वर्ष ३८ का पप्पु भन्ने संजयकुमार सुमन रहेका छन् ।

उक्त स्थानमा प्रहरी प्रधान कार्यालय बिशेष व्युरो, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघिय प्रहरी ईकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

साथै नियन्त्रणमा लिनेक्रममा प्रहरीलाई लक्षित गरी गोली फायर गर्दै भाग्न खोज्ने रबिमल्लिक प्रहरीले जवाफी फायर गर्दा घाइते भएका छन् ।

जवाफी कारवाहीमा दुवै तिघ्रा र दाँयाखुट्टाको गोली गाँठोमा गोली लागेर घाइते भएका रबिमल्लिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

डाकाहरुले लुट्न प्रयोग गरेका मेड इन यूएसए लेखेको पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्याग्जिन १ र गोली २ थान, कटुवा पेस्तोल १ थान र त्यसको गोली १ थान, खुकुरी १ थान, मोबाइल ३ थान लगायत बरामद भएको छ ।

पक्राउ परेका डाकाहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata