ट्रम्पले दिए कुकुरलाई सम्मान

मङ्लबार, मंसिर १०, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाइट ह्वाउसमा अचानक प्रेसको सामुन्ने देखिए । साथै उनले मिलिट्री ‘डग कोनान’को साथमा सयौं फोटोको लागि थुप्रै पोजहरू दिए ।

कोनान इस्लामिक आतंकवादी संगठन (आइएस)का भूतपूर्व प्रमुख अबु बकर अल-बगदादीको विरुद्ध जारि गरिएको खोजीकार्य अभियान अन्तर्गत घाइते भएको कुकुर हो । उक्त अभियानको द्वारा आइएस प्रमुख बगदादी मारिएका थिए ।

उपराष्ट्रपति माइक पेन्स र फर्स्ट लेडी मेलानियाको साथ प्रेसको सामुन्ने पुगेका राष्ट्रपति ट्रम्पले संवाददाताहरूलाई बताए-“हाम्रो के-९, जसरी उसलाई बोलाउने गरिन्छ । म यसलाई एक कुकुर, एक प्यारो कुकुर, एक प्रतिभाशाली कुकुर भनेर बोलाउने गर्छु । यो घाइते भएको थियो, अब निको भएर फर्की आएको छ ।”

समाचार एजेन्सी एफेका अनुसार कोनानको साथ् उसको मास्टर पनि थिए । जर्मन शेफार्डको समान बेल्जियन मेलिनाइस जातको कोनान अक्टुबरको अन्त्यमा अल-बगदादीको विरुद्ध अमेरिकी सैन्य अभियानमा सामेल थियो । उत्तर-पश्चिमी सिरियाको एक सुरुङमा कोनान बगदादीलाई तबसम्म लखेटीरह्यो जबसम्म बगदादीलाई अमेरिकी सैनिकहरूले चारै तर्फबाट घेरे ।

बगदादी मारिएसँगै राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत बताएका थिए- एक कुकुरले अल-बगदादी विरुद्धको अभियानमा प्रमुख भूमिका निभाएको छ । अहिले सो कुकुर घाइते भएको छ । उसको उपचार भइरहेको छ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata