सचिवालय बैठकमा दाहालको व्रिफिङ: एमालेसँग कुरा मिलिसक्यो

बुधबार, बैशाख १९, २०७५



काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले व्रिफिङ गरेका छन् ।  उनले सचिवालयलाई व्रिफिङ गर्दै नेकपा एमालेसँगको एकता प्रक्रियामा भएको प्रगतिबारे जानकारी दिदै एमालेसँगको पार्टी एकताको कुरा मिलिसकेको बताए ।

बुधबार बसेको सचिवालय बैठकमा दाहालले इतिहासको समिक्षा र भावी कार्यदिशाको विषयमा एमालेसँग कुरा मिलेको बताएको माओवादीका एक नेताले जनाएका छन् ।

इतिहासको समिक्षा जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनलाई हेर्ने विषयमा ओलीजीसँग सहमति भएको दाहाललाई उदृत गर्दै उनले भने पार्टीको भावि कार्यदिशाबारे पनि हामी टुंगोमा पुगेको जनाउ दिएका छन् । दाहालले राजनीतिक प्रतिवेदनमा सहमति भैसकेको सचिवालय बैठकमा जानकारी गराएका थिए।

185 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank