ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्छ : अध्यक्ष दाहाल

बुधबार, बैशाख १२, २०७५



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताएका छन् ।

पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २१ पर्वतीपुरमा आज आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले अहिलेको सरकारले ज्येष्ठ नागरिकको समस्या समाधान गर्ने विश्वास दिलाए । “घोषणापत्रमा भत्ता रु पाँच हजार पु¥याउने भनिएको छ, यो सँगै ज्येष्ठ नागरिकको राज्यले उचित संरक्षण गर्छ”, दाहालले भने ।

चितवनबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्वप्रधानमन्त्री दाहालले चितवनको विकासका सन्दर्भमा अन्य जिल्लाका लागिसमेत नमूना हुने गरी जिल्लाको विकास गर्ने योजना रहेको बताए ।

अहिले नै विभिन्न १५ वटा भित्री सडकमा कालोपत्रका लागि बजेट आइसकेको भन्दै अध्यक्ष दाहालले अब विकासले गति लिने उल्लेख गरे । स्थानीय कृष्ण चोकमा प्रहरी चौकी स्थापनाका लागिसमेत पहल शुरु भएको उनको भनाइ थियो ।

सो क्रममा वृद्धवृद्धाले वृद्धाश्रम निर्माण गर्न अध्यक्ष दाहालसँग माग गरेका थिए । दाहालले आश्रम बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

कार्यक्रममा विभिन्न क्षेत्रका वृद्धवृद्धालाई सम्मान गरिएको थियो । स्वास्थ्य शिविर भने आगामी १५ गतेसम्म सञ्चालन हुने स्थानीय नारायण आचार्यले जानकारी दिए।

256 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank