डडेलधुरामा बस दुर्घटना, दुई सय मिटर तल खस्यो

बुधबार, बैशाख ११, २०७६



धनगढी । आज(बुधबार) बिहान डडेलधुरामा बस दुर्घटना भएको छ।

कैलालीको धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको बससडकबाट दुई सय मिटर तल खस्दा पाँच जनाको मृत्यु भएको छ। २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

भीमदत्त राजमार्ग अन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान करिब पौने ५ बजे बस दुर्घटनामा परेको हो।

घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। प्रहरीका अनुसार मृतकको शनाखत हुन सकेको छैन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata