भारतीय सुरक्षाकर्मीको दादागिरी, नेपाली भूमीमा आएर सडक भत्काए

शुक्रबार, जेष्ठ १६, २०७७



काठमाडौं । छिमेकी देश भारतले नेपालको अस्मीता माथि एक पछि अर्काे रुपमा धावा बोल्दै आएको छ ।  कालापानी, लिपुलेक र लिम्यिाधुराको विषय टुंगिन नपाउँदै भारतीय सुरक्षाकर्मीहरुले सिमा क्षेत्रका नेपालीहरुलाई दुख दिइरहेका छन

। नेपालकै भूमीमा प्रवेश गरेर भारतीय सुरक्षाकर्मीहरुको दादागिरी कायमै छ । पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालनका लागि तीन दिन अगाडि मात्र कुलो पुरेर सडक बनाइएको थियो ।

बिहीबार साँझ भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काएका छन् । नेपाली भूमिमा हतियार सहित पसेर भारतीय सुरक्षाकर्मी सडक भत्काउन थालेपछि स्थानीय र भारतीय सुरक्षाकर्मीबीच भनाभन भएको थियो ।

पुल सञ्चालनका लागि कुलो पुरिएको सडक भारतीयले भत्काउन थालेको खबर पाएर ठोरीका जनप्रतिनिधि र स्थानीयवासी पुगेर प्रतिवाद गरेपछि भारतीय सुरक्षाकर्मी र मजदुरहरु फर्किएको ठोरी गाउँपालिका २ का वडा अध्यक्ष किशोर तमाङले बताए । भत्किएको सडकमा नेपाली पक्षले पून माटो भरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments