भ्रष्टाचार नियन्त्रणलाई प्राथामिकता दिइरहेका राष्ट्रपति नै भ्रष्टाचारको आरोप खेप्दै

बिहिबार, जेष्ठ ३०, २०७६



जोहन्सबर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा लागेको छ । देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उनीमाथि अनुसन्धान थालेको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता देखाएको भन्दै उनीमाथि आरोप लागेको हो  ।

गत महिना मात्रै राष्ट्रपतिका रूपमा रामाफोसा पुनः निर्वाचित भएका थिए । उनी सन् १९९९ मा पनि नेल्सन मण्डेलापछि राष्ट्रपति हुने अपेक्षा गरिएको थियो । तर अन्तिम समयमा थाबो एम्बेकी राष्ट्रपतिमा चयन भएका थिए ।

रामाफोसा रङ्गभे दविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९७४ र १९७६ मा थुनिएका थिए । त्यसैगरी उनी सन् १९९० मा नेल्सन मण्डेलालाई थुनामुक्त गर्न तयारीका लागि गठित समितिका अध्यक्ष पनि बनेका थिए ।

लामो र कठोर राजनीतिक सङ्घर्ष गरेका रामाफोसाले राष्ट्रपति बनेपछि भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए पनि अहिले आफै भ्रष्टाचार गरेको अभियोगमा फसेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata