उत्तरी मोजाम्बिकमा तुफानले पुन: मच्चायो बबण्डर, ३० हजार प्रभावित

शुक्रबार, बैशाख १३, २०७६



उत्तरी मोजाम्बिक । अफ्रिकी मुलुक अन्तर्गतको उत्तरी मोजाम्बिकमा तुफानले बबण्डर मच्चिएको छ । बिहिबार साझ आएको ‘साइक्लोन केनेथ’ नाम दिइएको उक्त तुफानका कारण ३ जनाको मृत्यु भइसकेको छ । तुफानको  असर छिमेकी देश कोमोरोस, तान्जेनिया मा पनि देखिएको छ ।

२२० किलोमिटर / घन्टा (१४० एम.पी.एच.) को दरले आएको तुफानमा परि कोमोरोस द्विप नजिकै ३ जनाको मृत्यु भएको हो ।मोजाम्बिकको आपत्तिजनक व्यवस्थापनको राष्ट्रिय संस्थान (आईएनजीसी) ले बताएअनुसार उक्त तुफानले ३०,००० मानसलाई प्रभावित बनाउने सम्भावना देखिएको छ ।

सेरो-फ्रान्सका मुसाम पूर्वानुमानकर्ताले एनेबेला मोरेइराले दिएका चेतावनी अनुसार  तुफानले देशको उत्तरपूर्वी किनारबाट सामान्यतया पाँच मीटर (16 फिट) माथि लहरहरू उठाउन सक्दछ ।

गत महिना, ‘साइक्लोन आइडीई’ नाम दिइएको तुफानले सोही क्षेत्रमा ९०० भन्दा बढी व्यक्तीको मृत्यु भएको थियो ।मोजाम्बिक, मलावी र जिम्बाब्वे लगायतका देशहरुमा  सो तुफानले बबण्डर मच्चाएको थियो ।

प्रभावित व्यक्तिहरुलाई सुरक्षित स्थानमा लैजान आईएनजीसी प्रयासरत रहेको बीबीसीले उल्लेख गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank