करेन्ट लागेर २ को मृत्यु, ७ घाइते

मङ्लबार, बैशाख ९, २०७७



धादिङ । सोमबार साझ आएको हावाहुरी र असिनासँगै धादिङको थाक्रे गाउँपालिका-३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो ।

घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याललाई उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले जानकारी दिए । गम्भीर घाइते अर्का एक जनाको काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घटनास्थल जिल्लाको दक्षिणपट्टि महाभारतक्षेत्रमा रहेको छ । यो क्षेत्रमाहरेक वर्ष चट्याङ पर्ने गरेको छ ।

घाइते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थलसम्म पुग्न पुथ्वीराजमार्गको महादेवबेसीबाट चारघण्टा लाग्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments