चेन्नई पुन: अंक तालिकाको शिर्ष स्थानमा

बुधबार, बैशाख ११, २०७६



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउँदै चेन्नई सुपर किंग्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

१ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनर शेन वाटशनले सानदार ब्याटिङ गरेपनि शतक बनाउन ४ रनले चुके । वाटशनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै सुरेश रैनाले २४ बलमा ६ चौका र १ छक्का सहित ३८, फाफ डु प्लेसिस १ र आम्वाती रायुडु २१ रनमा आउट भए । केदार जाधव ११ रनमा अविजित रहे । हैदरावादका लागि भुवनेश्वर कुमार,सन्दीप शर्मा र राशिद खानले समान १ विकेट लिए । यो जितसँगै चेन्नईको प्ले अफ लगभग पक्कापक्कि बनेको छ ।

त्यस अघि चेन्नईमा चिदमबारम स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ८३ रनमा अविजित रहे । पान्डेले  ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका थिए ।

हैदरावादलाई बलियो अवस्थामा पुर्याउन मनिष पान्डे र डेविड वार्नरले दोस्रो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए । १४ ओभरको तेस्रो बलमा हरभजन सिंहले विकेटकीपर महेन्द्र सिंह धोनीबाट स्टमम्ङि आउट गराउनु अघि वार्नरले ४५ बलमा ३ चौका र २ छक्का सहित ५७ रनमा आउट भए ।

अर्का ओपनर जोनी बेयरस्ट्रोलाई हरभजनले धोनीबाट दोस्रो ओभरको तेस्रो बलमा शून्यमा क्याच आउट गराए । विजय शंकर २६ रनमा आउट भए । चेन्नईका हरभजन सिंहले २ र दिपक चाहरले १ विकेट लिए ।

यो जितसँगै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।  ११ खेलमा ८ मा जित र ३ मा हारका साथ १६ अंक जोड्दै चेन्नई शीर्ष स्थानमा छ । १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंक जोड्दै सनराइजर्स हैदरावाद अंक तालिकाको चौथो स्थानमा पुगेको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank