जेएनयू बाहिर धारा १४४, विद्यार्थी नेता गिरफ्तार

सोमवार, मंसिर २, २०७६



एजेन्सी । चर्को शुल्क वृद्धिसँगै जवाहरलाल नेहरू विश्वविद्दायलय(जेएनयू) का छात्र-छात्राहरूले विरोध प्रदर्शन जनाएका छन् । विरोध प्रदर्शनलाई तत्काल नियन्त्रणमा लिन विश्वविद्यालय नजिकै जेएनयू छात्र संघको अध्यक्ष एशी घोषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार प्रहरी प्रशासनले उक्त इलाकामा धारा १४४ लगाएको छ । जसअनुसार विद्यार्थीहरूको विरोध गर्ने अधिकार निलम्बन हुनेछ । दक्षिण-पश्चिमका डीसीपीको आदेशअनुसार विश्वविद्यालयको बाहिर दिल्ली पुलिसको तर्फबाट एक ब्यानर लगाइएको छ, जहाँ नियमको उल्लंघन गरेमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनी समेत दिइएको छ ।

हिजो(आइतबार) जेएनयूएसयूले अन्य विश्वविद्यालयका छात्र-छात्राहरूलाई समेत मार्चको लागि आह्वान गर्दै भनेको थियो- यस्तो महंगीको समयमा जब शुल्क निरन्तर वृद्धि भइरहेको छ, यसैकारण हामी सम्पूर्ण विद्यार्थी अगाडी आएका हौँ । देशको सम्पूर्ण शिक्षा व्यवस्थाको हितको लागि हामीले विरोध प्रदर्शन गरेका हौँ । “

अर्कोतर्फ जेएनयूका कुलपति जगदीश कुमारले विरोध गरिरहेका छात्र-छात्राहरूसँग आइतबार परिक्षा नजिक आएको बताउँदै आ-आफ्नो पढाईमा उचित ध्यान दिन आग्रह गरेका थिए । विश्वविद्यालयको वेबसाइटमा एक भिडियो सन्देश जारि गर्दै उनले अभिभावकको तर्फबाट चिन्ता व्यक्त भएकाले विरोध प्रदर्शन रोक्न अपिल गरेका थिए । उनले भने- “यदि अब पनि हामी हड्ताल गरीरहन्छौं भने आ-आफ्नो भविष्य बर्बाद गरिरहनेछौं ।”

आफ्ना नेताको गिरफ्तारीसँगै  मोदी सरकारको विरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका विद्यार्थीहरू नाराबाजी गर्दै संसद भवन तिर प्रवेश गर्ने कार्यले उग्ररुप लिनासाथ् प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको छ । भारतीय संसदतर्फ कुनै पनि जुलुसहरू नपुगोस् भन्ने हेतुले हरेक प्रवेश मार्गमा प्रहरी तैनाथ रहेको भारतीय मिडियाले जनाएका छन्।

मोदी सरकारले कश्मीरमा धारा-३७० निलम्बन गरेसँगै फैलिएको विरोध प्रदर्शन जेएनयू भित्र प्रवेश नगरोस् भन्ने हेतुले अत्यन्त कडा रवैया अपनाएको विद्यार्थी नेताहरूको आरोप छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata