कमजोर प्रतिद्वन्दी चीनलाई हराउदै नेपालले पाँचौ जित

बुधबार, अशोज २४, २०७५



काठमाडौं ।  ट्वान्टी २० विश्वकप क्रिकेटको एसियाली सब रिजनल छनोटमा नेपालले  पाँचौ जित हात पारेको छ । मलेसियामा जारी खेलमा कमजोर प्रतिद्वन्दी चीनलाई १० विकेटले हराउदै नेपालले पाँचौ जित हात पारेको हो ।

चीनले दिएको २७ रनको चुनौती नेपालले ११ बलमा बिना क्षती भेट्टायो । बिनोद भण्डारी २४ र प्रदिप ऐरी ४ रनमा अबिजित रहे । मात्र ८ बलको सामना गरेका ऐरीले १ छक्का र ३ चौका प्रहार गरे ।

नेपालबिरुद्ध चीनका ३ ब्याट्सम्यानले मात्र रन जोडेका थिए ।  नेपाल भने शत प्रतिशत नतिजा निकाल्दै यसअघि नै एसियाली छनोटमा प्रवेश गरिसकेको छ । एसियाली छनोटमा युएई, कुबेत, कतार, नेपाल र सिंगापुर सहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

188 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank