महिला वा युवतीको मिनिस्कर्ट लगाएको तस्वीर खिच्नु अपराध

बिहिबार, फाल्गुन २, २०७५



ब्रिटेन । गिना मार्टिन नामको महिलाले करिब १८ महिना देखि चलाएको अभियान ब्रिटेनमा सफल भएको छ ।  कुनै पनि युवती वा महिलाले लगाएको मिनिस्कर्टकाे फोटो बिना इजाजत खिचेको खण्डमा अपराध मानिने कानून पास भएको छ । महिलाको फोटो खिच्ने कामलाई यौन अपराधसँग जोडेर हेरिनेछ ।

पछिल्लो कानून अनुसार बेलायतमा महिला वा युवतीलाई नसोधि वा उनीहरुको इजाजत बिना फोटो खिचेमा दुई वर्षको कारावास सजाय हुनेछ । नयाँ कानूनी प्रावधान अनुसार सार्वजनिक सालिनताको खिलाप कृत्यको मातहत अभियोजन दर्ता गरिने छ ।

वेलायती महारानी एलिजाबेथ द्धितियले आज (विहिबार) विधेयकलाई मञ्जुरी दिए सँगै यसले कानूनी रुप लिएको छ । उक्त कानून निर्माण भए सँगै वेलायती महिला वा युवतीलाई यौन हिंसाबाट बचाउन सहयोग मिल्ने मानिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata