टस हारेर मैदान अाेर्लेकाे नेपालले ओमानलाई दियाे २२२ रनको चुनौती

बुधबार, भदौ १३, २०७५



मलेसिया । एसिया कप क्वालिफायर म्याच अन्तरगत मलेसियाको क्वालालाम्पुर शहरमा भईरहेको क्रिकेट म्याचमा नेपालले ओमानलाई २२२ रनको चुनौती दिएको छ ।
टस हारेर ब्याटिङको निम्ती मैदान उत्रेको नेपाली टीम ८.१ ओभरमा एसपी खकुरेललाई पहिलो विकेटको रुपमा गुमाउन पुग्योे । अत्यन्तै समालिदै खेलेका कप्तान पारस खड्का २४ वलमा केवल ४ रन बनाएर पेभेलिएन फर्किदा नेपालको खातामा ५६ रन मात्र जोडिएको थियो । खड्काकाे विकेट पतनसँगै नेपालले अत्यन्तै भर गरेको खेलाडी ज्ञानेन्द्र मल्ल १६ औं ओभरको अन्तिम बलमा विशाल खानको सिकार बन्दै जतिन्दरलार्इ क्याच थमाउन पुगे ।

२२.४ ओभरमा ४ विकेट गुमाउदा डिएस ऐरेले मात्र ९ रनको योगदान दिन सके । अत्यन्त खराब बन्दै गरेको टिमको अवस्थालाई पार लगाउन सागर पुन र आरिफ सेखले ठुलो भुमिका निभाए । ४४औं ओभरको पहिलो बलमा मोहम्मद नदिमको सिकार भएका सेख ७४ बल खेल्दै ३ चौका र एक छक्काको मद्धतले ३६ रनको योगदान दिन सफल भए ।

सेखको पतन सँगै आरके पौडेल पनि खाता नखोली पेभेलिएन फर्किए । ४८ औं ओभरमा सोमपाल कामी आउट भएसँगै करण केसीले एक्सीलेटर दवाउँदै १० बलमा २ छक्का र एक चौकाको मद्धतले २६ रन जोड्दा टिमको स्कोर सम्मानजनक बन्न पुग्यो ।

नेपाली टिमलाई पार लगाउन अन्तिम सम्म भिडेका सागर पुन ४९.४ ओभरमा व्यक्तिगत ८३ रन बनाउदै रन आउट हुन पुगे । ५० ओभर व्याटिङ गरेको नेपालले ४.४२ रन रेट बनाउदै ९ विकेटको क्षतीमा २२१ रन बनाउन सफल भयो ।

जारी खेलमा ओमानले नेपाल विरुद्ध ८‍‌.५ ओभरमा १ विकेटकाे क्षतीमा ३६ रन बनाउदै नेपाललाई पछ्याइरहेको छ । २०‍‍.६ अाेभरमा दाेस्राे विकेटकाे रुपमा जतिन्दर सिहलार्इ गुमाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments