पाकिस्तानि क्रिकेटर अफ्रिदीद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

सोमवार, फाल्गुन ९, २०७३



काठमाडैं । पाकिस्तानका पूर्व कप्तन शाहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यसअघि नै टेष्ट र वान डे बाट सन्यास लिइसकेका अफ्रिदीले टी २० क्रिकेटबाट पनि सन्यास लिएका हुन्।

सन् २०१६ को अप्रिलमा कप्तान छाडेपनि अफ्रिदीले टी २० खेललाई निरन्तरता दिएका थिए। अफ्रिदीले टेष्टबाट २०१० र वान डे बाट २०१५ मा सन्यास लिएका थिए।

“मैले अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गरेँ” ३६ वर्षे अफ्रिदीले भने।

बुम बुम उपनामबाट परिचित अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ वान डे र ९८ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले घरेलु टी २० क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन्। म मेरो फ्यानको लागि खेलिरहनेछु र अझै दुई वर्ष यसलाई निरन्तरता दिनेछुु, अफ्रिदे भने।

अफ्रिदीले २००६ मा इंगल्याण्ड विरुद्ध डेब्यु गरेका थिए।

अफ्रिदी टी(२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् भने धेरै खेल खेल्नेमा पनि अफ्रिदी अगाडी छन्। सय विकेट बाट ३ विकेट मात्र टाढा रहेका अफ्रिदीले ९८ खेल खेल्दै ९७ विकेट लिएका छन्।

अफ्रिदीले पछिल्लोपटक २०१६ को मार्चमा भारतमा मोहलीमा अष्ट्रेलिया विरुद्ध अन्तिम टी २० खेलेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments