जितको ढोकामा पुगिसकेको नेपाल श्रीलंकासँग पराजीत

loading...

बिहिबार, मंसिर ३०, २०७३



एसीसी अण्डर १९ क्रिकेटमा जितको ढोका पुगिसकेको नेपाल श्रीलंककासँग पराजित भएको छ । नेपाल श्रीलंकासँग जम्मा १ रनले पराजित भएको छ । नेपालले एक रन लिन सकेको भए श्रीलंका पराजित हुने थियो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले शानदार प्रदर्शन गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तर, अन्तिम चौथो बलमा उनी चुकेपछि श्रीलंकाको भाग्य खुलेको छ ।

श्रीलंकाले प्रस्तुत गरेको दुई सय २८ रनको लक्ष्य नेपालले अन्तिम ओभरमा २ सय २६ रन बनाउँदै अलआउट भयो ।अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा ऐरीले दोस्रो बलमा छक्का हानेपछि नेपाल जित नजिक पुगेको थियो । तर लगत्तै अर्को बलमा ऐरी बोल्ड भएपछि नेपाल एक रनले पराजित हुनपुग्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । अब नेपालले आफ्नो दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ ।

319 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom