केन्याविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को को छन् टोलीमा ?

आइतवार, फाल्गुन २२, २०७३



काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्ध खेल्नका लागि नेपाली टोलीको घोषणा भएको छ । १४ सदस्यीय टोली रहेको उक्त टिमका कप्तानी भने पारसले सम्हाल्ने भएका छन् ।

अलराउण्डर मेहबुब आलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्, भने सुनिल धमला र दिपेन्द्र सिंह ऐरीको नयाँ आगमन भएको छ । यस्तै नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल , शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन् ।

राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथ भने बैकल्पिकमा परेका छन् । भारत भ्रमणमा रहेका आशिफ शेख नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata