नेपालद्वार ओमानसामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत

शुक्रबार, माघ २६, २०७४



काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.६ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३८ रन बनायो । पहिले विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनबनाएर आउट भए ।

त्यस्तै दिलिप नाथ र पारस खड्काले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरे । दिलिप नाथ १९ रनमा आउट भए । नेपालले थप १५ रन जोड्दा अर्का विकेट गुम्यो । आरिफ शेख मात्र ६ रनमा पभेलियन फर्किए । नेपालको स्कोरमा थप ३ रन थपिँदा कप्तान पारस व्यक्तिगत १७ रनमा आउट भए।

शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि ३६ रनको साझेदारी गरे । ऐरी २० रनमा आउट भए ।

164 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank