विश्व क्रिकेट लिग डिभिजन–२ः आज नेपाल युएईसंग भिड्दै

आइतवार, माघ २८, २०७४



काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा जित निकालेका दुवै टिम दोस्रो खेलमा पराजित भएका थिए ।

डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि आजको खेल महत्वपूर्ण मानिएको छ । नामिबियाको ट्रस्टको युनाइटेड मैदान दिउँसो सवा १ बजेदेखि सुरु हुने खेलमा आज दुबै टिमलाई जित्नैपर्ने दवाव छ ।

यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले हराएको थियो। यूएले पनि पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो अन्तरको जित हात पारेको थियो।

भने दोस्रो खेलमा युएई क्यानडासँग २३ रनले पराजित भएको थियो । क्यानडा प्रतियोगितामा दुवै खेलमा जित हात पार्ने एक्लो टिम हो।

281 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank