कार्तिक र क्रुणालले भारतको इज्जत जोगाए

सोमवार, कार्तिक १९, २०७५



कलकत्ता । भारत र वेस्टइण्डीजबीच  खेलिएको पहिलाे  टी २० म्याच भारतले ५ विकेटले जीत हात पारेको छ । वेस्टइण्डीज टिमले दिएको ११० रनको चुनाैती भारतले कठिन संघर्ष गर्दै  प्राप्त गर्यो ।

कप्तान रोहित शर्मालाई व्यक्तिगत ६ रनमा, शिखर धवनलाई ३ रनमा पभेलियन जान बाध्य पार्ने वेस्टइण्डिज बलर ओ थोमसको घातक बलिङले एक समय भारत ठूलो दवावमा परेको थियो । केएल राहुल १६ रनमा र रिसभ पन्त केवल १ रनमा पभेलियन फर्कदा भारत ७.३ ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाउन सफल सफल भएको थियो । मनिस पाण्डे र दिनेस कार्तिकले समालिएर खेल्दै गर्दा पाण्डे नीजी १९ रन बनाउँदै १४.६ ओभरमा पभेलियन फर्किए । अत्यन्त दवावमा रहेका कार्तिकले क्रुणालसँग राम्रो साझेदारी गर्दै १७.५ ओभरमा भारतको इज्जत जोगाउन सफल भए ।

यस अघि वेस्टइण्डिजले दिनेश कार्तिकलाई २ रनमा र एस डि हाेपलार्इ १४ रनमा रन आउट गर्दा टीम ठुलो दवावमा रहन पुग्यो । एफ ए एलनको २७ रन बाहेक अन्य ब्याट्स म्यानले खुलेर खेल्न नसकेको उक्त म्याचमा भारतीय बलर कुलदीप यादवले ४ ओभरमा केबल १३ रन खर्चेर तीन विकेट लिएका थिए । अन्य बलरहरु यादब, अहमद, बुमराह र क्रुणालले एक एक विकेट बाँडेर लिएका थिए ।

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank