तीन एक दिवसीय श्रृंखलामा नेपालको कब्जा, पारसको शतक

सोमवार, माघ १४, २०७५



काठमाडौं । नेपालले तीन एक दिवसीय श्रृंखला जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखलामा कब्जा जमाएको हो ।

तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर्दै युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपालले ३२ बल अगावै ६ विकेटको क्षतिमा जित निकालेको हो ।

नेपाललाई २-१ ले श्रृंखला जिताउने क्रममा आजको खेलमा कप्तान पारस खड्का नायक सावित भए । कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेपछि तेस्रो तथा निर्णायक खेलमा यूएईलाई ४ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खलामा पहिलो जित हासिल गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments