म्याक्सवेल र सन्दीप चम्कीए, मेलवर्न स्टार्स पुग्यो सेमिफाइनलमा

आइतवार, माघ २७, २०७५



मेलवर्न । विगवास लिग अन्तरगत फेब्रुअरी १० तारिखमा खेलिएको ५६औं म्याचमा सन्दीप लामिछाने र म्याक्सवेल चम्किएका छन् । मेलवर्न स्टार्स र सिड्नी सिक्सर्स बीच खेलिएको आजको म्याचमा टस हारेर मेलवर्न स्टार्सले पहिलो ब्याटिङ गरेको थियो ।

कप्तान म्याक्सवेलले धुँवादार ब्याटिङ गर्दै ४३ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै बनाएको ८२ रनको मद्धतले टीमको कुल स्कोर २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बन्न पुग्यो ।  १६९ रन बनाउन मैदान उत्रिएको सिड्नी सिक्सर्स १३.४ ओभरमा ७४ रन बनाउँदै अल आउट हुन पुग्यो । सिक्सर्सलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले फालेको ३.४ ओभर महत्वपूर्ण बन्न पुग्यो ।

३ विकेट सन्दीपले चट्काए सहज जित हासिल गर्दै मेलवर्न स्टार्सले अंक तालिकामा चौथो स्थान ओगट्न सफल भयो । १४ खेलमा ७ हार र ७ जित संगै चौथो स्थान ओगट्न सफल हुँदा सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

257 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank